ताजा खबर विदेश News

मेसीले कतारमा भेटे अफगान बालकलाई

मेसीले कतारमा भेटे अफगान बालकलाई
मंसिर २९ । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको प्लाष्टिकले बनेको जर्सी लगाएर अनलाईनमा चर्चामा आएका अफगानिस्तानका एक बालकले मेस्सीलाई भेट्ने मौका पाएका छन् । गत जनवरीमा मेस्सी तथा नम्बर लेखिएको प्लाष्टिकको जर्सी लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपनि अफगानिस्तानका बालक मुर्तजा अहमदी चर्चामा आएका थिए । अहमदीलाई अहिले आएर मेस्सीले भेटेका छन् । जनवरीमा सामाजिक सञ्जालमा अहमदीको तस्बिर भाइरल भएपनि मेस्सीले आफूले हस्ताक्षर गरेको जर्सी उनका लागि पठाएका थिए । मेस्सीले अहमदीलाई दोहामा भेटेको कतार विश्वकप २०२२ आयोजक कमिटिले जनाएको छ ।

leonal messi Messi

विशेष