News

प्रहरीको मिसन बढाउन राष्ट्रसंघ तयार

प्रहरीको मिसन बढाउन राष्ट्रसंघ तयार

मंसिर २९ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राष्ट्रसंघीय शान्ति मिसनमा थप अवसर पाउने भएका छन् । राष्ट्रसंघले दुवै प्रहरीलाई एक–एकवटा फम्र्ड पुलिस युनिट (एफपियू) थप्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनसम्बन्धी हेर्ने ‘डिपार्टमेन्ट अफ पिस किपिङ अप्रेसन’का दुई उच्च अधिकारी नेपाल भ्रमणमा छन् ।

मिसन थप्ने प्रक्रियाअन्तर्गत निरीक्षणका लागि उनीहरू नेपाल आएका हुन् । टोलीले सोमबार सशस्त्र प्रहरी बल र मंगलबार नेपाल प्रहरीको निरीक्षण गरेको छ । एफपियू मिसनका लागि आवश्यक सवारीसाधनलगायत कम्तीमा एकतिहाइ बन्दोबस्तीका सामग्री तयार राख्न दुवै प्रहरीलाई राष्ट्रसंघले निर्देशन दिएको थियो ।

निरीक्षणमा आएका अधिकारीले दुवै प्रहरीको तयारीबाट सन्तुष्ट भएको बताएका छन् । यद्यपि उनीहरूले दिने प्रतिवेदनका आधारमा मात्र डिपार्टमेन्ट अफ पिस किपिङ अप्रेसनले निर्णय गर्नेछ ।

नयाँ पत्रिका

aitram sunuwar UN

विशेष