News

रामेछापमा सवारी दुर्घटना ४ जनाको मृत्यु

रामेछापमा सवारी दुर्घटना ४ जनाको मृत्यु

मंसिर २९ । रामेछापमा गएराती भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । रामेछापको खाँदादेवी धुरेणा खोपमा ट्रिपर भिरबाट खसेर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा सर्लाहीका २९ वर्षिय विकास पौडेल, सिन्धुलीका २४ वर्षिय रुपेश भण्डारी, सिन्धुपाल्चोकका ३५ वर्षिय कुमार विक र ललितपुरका ३५ वर्षिय किरण डाँगीको मृत्यु भएको रापेछाप प्रहरीले जनाएको छ ।

तीन जनाको घटना स्थलमै एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट ३ सय मिटर तल खसेको थियो ।

Ramechap Accident

विशेष