News

डडेल्धुराका सात गाविस पूर्ण साक्षर घोषणा

डडेल्धुराका सात गाविस पूर्ण साक्षर घोषणा
मंसिर २९ । डडेल्धुरा जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषण गरिएको छ । १५ देखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्णहरु लेख्न पढ्न सक्ने सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिन्हलाई बुझ्ने, रुपैयाँको हिसाब गर्न सक्नेजस्ता सातवटा सूचकका आधारमा ती गाविसलाई साक्षर गाविसको रुपमा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरीक्षक केशव ज्ञवालीले जानकारी गराए । पूर्ण साक्षरता हुनका लागि १२ वटा सूचकहरु राखिएका भएतापनि तीमध्ये सातवटा सूचकहरु पूरा भएका गाविसलाई साक्षरता घोषणा गरिएको हो । मंगलबार सातौं गाविसको रुपमा अजयमेरु चमडालाई पूर्ण साक्षरताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्रीले बताए । यसअघि गणेशपुर, कैपालमाडौँ, समैजी, चिपुर, कोटेली र बेलापुर गाविसलाई साक्षर घोषणा गरिसकेको उनले शिक्षा अधिकारी खत्रीले जानकारी गराए । अठार गाविस र दुई नगरपालिका रहेको डडेल्धुराका अन्य गाविस र नगरपालिकाका वडाहरुलाई पनि चाँडै सारक्षर घोषणा गरी चालु आर्थिक वर्षभित्रै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

dadeldhura

विशेष