News

करेन्ट लागेर एक किशोरको मृत्यु

करेन्ट लागेर एक किशोरको मृत्यु
मंसिर २९ । करेन्ट लागेर आज बिहान दार्चुलामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला धौलाकोट– ४ का १८ वर्षीय सुरेन्द्र सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । बिहान ७.३० बजे घरको छतमा लुगा सुकाउने क्रममा घरमाथि रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा बिहान ९ बजे मृत भएको प्रहरी निरीक्षक चन्दले बताए ।

current

विशेष