विदेश

अफगान बालबालिका विद्यालय जानबाट वञ्चित

अफगान बालबालिका विद्यालय जानबाट वञ्चित
मंसिर - २९ । पाकिस्तानबाट फर्किएका अफगान परिवारका बालबालिका विद्यालय जानबाट वञ्चित भएका र ती बालबालिकाको बालविवाह र बालश्रमिक हुने पनि खतरा बढेको एक सर्वेक्षणले जानकारी दिएको छ । ‘सेभ द चिल्ड्रेन’ पाकिस्तानबाट फर्किएका अफगानिस्तानको नान्र्गाहार प्रान्तमा रहेका परिवारमाथि गरेको एक सर्वेक्षणबाट सो नतिजा प्राप्त भएको हाे । पाकिस्तानको इस्लामाबादमा अवैध तरिकाबाट बसोबास गर्दै आएका अफगानी नागरिकहरू तीन हजार पाँच सयभन्दा बढी सङ्ख्यामा दैनिक रूपमा फर्किन थालेपछि अवस्था थप चेतावनीयुक्त भएको जनाइएको छ । यस वर्षमा मात्र ६ लाख ५० हजारभन्दा बढी अफगान नागरिक पाकिस्तानबाट फर्किसकेका छन् । यीमध्ये प्रायले गर्मी नलागेसम्म नान्र्गाहार प्रान्तमा नै बसोबास गर्ने योजना बनाइरहेका छन् । आगामी महिनामा पनि लाखौँ अफगानीहरू पाकिस्तानबाट फर्किने अनुमान गरिएको छ । सेभ द चिल्डे«नद्वारा गत अक्टोबर २८ देखि नोभेम्बर ८ सम्म नान्र्गाहार प्रान्तको पाँच वटा जिल्लामा गरिएको ३७९ वटा अन्तर्वार्ताको आधारमा सो सर्वेक्षण गरिएको थियो । पाकिस्तानबाट फर्किएका ती अफगान नागरिकहरूसँग आर्थिक रूपमा विपन्न भएका र आफ्ना परिचयका लागि कागजपत्र नभएका बताइएको छ । आमाबाबुको गरिबीको कारण आफ्ना बालबालिकाको सानै उमेरमा विवाह गरिदिने र स–साना बालबालिकालाई काम गराउने अर्थात बालश्रम बढाउने सो सर्वेक्षणले नै पत्ता लगाएको छ । बालबालिकाको भविष्य र बालबालिकाको यही अवस्था रहला भन्ने खतरा र चेतावनीप्रति साँच्चैकै चिन्तित भएको सेभ द चिल्डे«न इन काबुलका सल्लाहकार बाहिरूल्ललाह वयारले बताएका छन् । एपी

अफगानिस्तान सेभ द चिल्ड्रेन

विशेष