ताजा खबर राजनीति News

पुष्पकमल दाहाल ‘गरिब प्रधानमन्त्री’ !

पुष्पकमल दाहाल ‘गरिब प्रधानमन्त्री’ !
मंसिर ३० । प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ– तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन । दाहालले पेस गरेको चार पाने सम्पत्ति विवरणमा जम्मा त्यति दुई लाइनमात्रै छ । उनको यत्ति सम्पत्तिको स्रोत पैतृक उल्लेख गरिएको छ । के साँच्चै दाहालको सम्पत्ति एक कट्ठा जमिन र तीन तोला सुनमात्रै हो ? प्रधानमन्त्री छँदा वा नरहँदा पनि दाहालको उच्च रवाफिलो जीवनशैली देखेकालाई उनले मन्त्रिपरिषद कार्यालयमा पेस गरेको सम्पत्ति विवरणलाई पत्यारिलो हुँदैन । खानलाउनका सौखिन दाहाल समकालीन नेताहरुमा सबैभन्दा बढी ‘ब्राण्ड कन्सस’ छन् । हातमा महँगा ब्राण्डका घडी र ब्रान्डेड कपडाले उनको जीवनशैली महँगो पुष्टि गर्छ । उनी काठमाडौंको लाजिम्पाटमा तीन रोपनीमा फैलिएको महलमा बस्छन् । विलासी गाडी चढ्छन् । दाहालको सुकुमबासी जस्तै देखिने सम्पत्ति विवरणप्रति सामाजिक सञ्जालमा बुधबार सर्वसाधारणले कटाक्ष गरेका थिए । अन्नपूर्ण पोस्ट

PM

विशेष