ताजा खबर राजनीति News

नेपालका मन्त्रीको भारतमा दुईवटा घर

नेपालका मन्त्रीको भारतमा दुईवटा घर

मंसिर ३० प्रधानमन्त्री र मन्त्रीहरुले ढिलो गरी सम्पत्ति विवरण सार्वजनिक गरेसँगै यसले तरंग पैदा गरेको छ । अकुत सम्पत्ति कमाएको र काठमाडौँमा टावर भएको भनि टिकाटिप्पणी भइरहने प्रधानमन्त्री प्रचण्ड सार्वजनिक भएको विवरणअनुसार सबैभन्दा गरिव देखिन्छन् ।

उता उनकै पार्टीका नेता एंव संचारमन्त्री राम कार्कीको भने भारतमा समेत २ वटा घर रहेछन् । उनको सम्पत्ति विवरणमा सिक्किम र दार्जलिङमा गरी २ वटा घर रहेको उल्लेख छ । त्यस्तै भक्तपुरमा १९ आना, ओखलढुंगामा चार रोपनी र १० तोला सुन पनि कार्कीसँग रहेछ । १४ लाख वैँक व्यालेन्सपनि कार्कीसँग रहेको विवरणमा उल्लेख छ ।

कार्कीकी पत्नी भारतकी सरकारी अधिकृत रहेको बताइन्छ । भारतमा घर तथा श्रीमती भारतीय कर्मचारी भएकाले कार्कीलाई भारतले राजदुतको अग्रिमो दिएको थिएन । पछिल्लो समय उनी पार्टीभित्र आलोचित भएका छन् । रेडियो नेपालको डाइरेक्टर नियुक्तिमा प्रधानमन्त्रीलाई समेत ओभरटेक गरेर चलखेल गरेको आरोप उनीमाथि छ ।

Ram karki

विशेष