ताजा खबर राजनीति News

देश गरिब भएर के भो र ? मन्त्री सब धनी ! यस्तो छ विवरण

देश गरिब भएर के भो र ? मन्त्री सब धनी ! यस्तो छ विवरण

मंसिर ३० । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ३१ जना मन्त्रीहरुको सम्पती विवरण बुधबार सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको सम्पती चितवनमा एक कठ्ठा जग्गा र तीन तोला सुन रहेको विवरण सार्वजनिक भएको छ । जग्गा पनि पत्नी सिताको नाममा देखाइएको छ ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवम् सुन रहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गृहमन्त्री निधिको ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी नगद छ । अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको रोल्पामा आठ रोपनी जग्गा र एभरेष्ट बैंकमा रु ८० हजार रहेको उल्लेख गरिएको छ ।

नयाँ पत्रिका

Mantri Sampati Bibaran sampati bibaran

विशेष