News

केन्द्रीय कार्यालयमै एमाले नेता तथा कार्यकर्ताबीच कुटाकुट

केन्द्रीय कार्यालयमै एमाले नेता तथा कार्यकर्ताबीच कुटाकुट

नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा सासंद र कार्यकर्ताबिच हातहाल भएको छ । कार्यकर्ता मान वहादुर बोहराबाट एमाले बझाङ क्षेत्र नम्बर दुईका सांसद लालबहादुर रावलबिच हातहालाहाल भएको हो । उक्त घटना भईरहदा धुम्बाराहीमा एमाले स्थायी समितिको बैठक चलिरहेको थियो । बझाङमा गरिएको स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १५ जनाको टोली डेलिगेसनको लागि काठमाडौं आएको थियो । त्यसमा एमालेका स्थानीय नेतादेखि विभिन्न दलका प्रतिनिधि र सांसद समेत थिए । डेलिगेसनमा आएकाहरुको नेपालको सबैभन्दा ठूलो क्षेत्रफल भएको काडा गाविसलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग छ । स्थानीय तह पुर्नसंसचना आयोगले त्यसलाई अस्वीकार गरेपछि त्यसविरुद्व सांसद तथा स्थानीय प्रनिधिहरुले बसेर छुट्टै गाउँपालिका बनाउने निर्णय गरेका थिए भने त्यही डेलिगेसन लिएर उनीहरु काठमाडौं आए । एमाले नेताहरुको ध्यानाकर्षण गराउन नेता अफिलाल ओखेडा र लालबहादुर रावलले पार्टी नेतृत्वसँग छलफल गराउने भन्दै डेलिगेसन प्रतिनिधिलाई धुम्बाराही ल्याएका थिए । त्यहाँ कार्यकर्ताहरुले रावललाई आफूहरुको मागमा समर्थन गर्दै हस्ताक्षर गर्न आग्रह गरे । तर, रावलले ‘म गर्दिन तिमीहरु के गछौं गर’ भन्दै आक्रोश पोखेपछि हातहालाहालको अबस्था आएको कार्यकताहरुले जनाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन एमाले नेताहर ठाकुर गैरै सूर्य थापा र राजन भट्टराईलाई हम्मेहम्मे परेको थियो । बिबाद पछि डेलिगेसन टोलीको माग पत्र बुझ्दै एमाले अध्यक्ष केपी ओलीले समस्या देखिएको स्थानका बिषयमा छलफल गरिने बताए । सांसद रावल बझाङको दङंगाजी गाविसका हुन् ।

नेकपा एमाले

विशेष