News

कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित, ५१ प्रतिशत उत्तिर्ण

कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित, ५१ प्रतिशत उत्तिर्ण
मंसिर – ३० । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित भएको छ । बोर्डले विहीबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ५१ दशमलव ७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा नियमिततर्फ २ लाख ६६ हजार एक सय तीन जना सहभागी भएका थिए । ती मध्ये एक लाख ३६ हजार ६ सय ६५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । ३३ जना परीक्षार्थीको नतिजा रद्द गरिएको पनिकाले जनाएको छ । आंशिकतर्फ सहभागी भएका परीक्षार्थीको नतिजा भने गत मंगलबार सार्वजनिक भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड

विशेष