विदेश

रसियाली राष्ट्रपति पुटिन जि–७ राष्ट्रको सम्मेलनमा भाग लिन जापान पुगे

रसियाली राष्ट्रपति पुटिन जि–७ राष्ट्रको सम्मेलनमा भाग लिन जापान पुगे
मंसिर - ३०। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने सम्मेलनको क्रममा जापान पुगेका छन् । सन् २०१४ क्रिमिया रसियासँग गाभिएपछि जि–७ राष्ट्रको सम्मेलनमा उनी पहिलो पटक जापान पुगकाे हुन् । राष्ट्रपति पुटिन रोसिया एयरलाइन्स विमानबाट स्थानीय समयानुसार ४ः५० पश्चिमी जापानको तटीय क्षेत्रमा रहेको यमागुसी उबे विमानस्थलमा उत्रिएका थिए। उनी आफ्नो समयतालिका भन्दा दुई घण्टा ४० मिनेट ढिलो पुगेकाे बताइन्छ । विमानस्थलमा जापानी अधिकारीसँग हात मिलाई सकेपछि उनी नागाटो सहरको रिसोर्टतर्फ लागेका थिए । नागाटो सरह जापानी प्रधानमन्त्री सिन्जो आबेको गृहनगर हो । दुई दिनसम्म जारी रहने वार्ताको क्रममा लामो समयदेखि जापान र रसियाबीच जारी क्षेत्रीय विवादको केही प्रगति हुने आबेले आशा गरेका छन् । आबेले जि–७ राष्टको सम्मेलनको लागि पुटिनलाई निमन्त्रणा गर्नुभएको थियो । यस सम्मेलनको जापानलगायत सात राष्ट्र सदस्य छन् । यो सम्मेलन शुक्रबारबाट जापानको राजधानी टोकियोमा सुरु हुदै छ । ‘यो साँच्चैकै असाधारण प्रगति हो’ जापान–रसिया क्षेत्रीय विवाद पुस्तकका लेखक र ‘जापान क्याम्पस अप टेम्पल युनिभरर्सिटी इन टोकियो’का प्राध्यापक जेम्स ब्राउनले बताए । विषेशगरी रसिया र पश्चिमा देशबीचको सम्बन्धका अप्ठार्यारो परिरहेको यस अवस्थामा रसियासँगको सम्बन्धको नयाँ प्रस्तावको घोषणाको लागि आबे साँच्चैकै प्रष्ट विचार भएको व्यक्ति भएको पनि ब्राउनले बताए ।  एपी

G-7 जापान भ्लादिमिर पुटिन

विशेष