News

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी आवागमन रोकिने

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घन्टा सवारी आवागमन रोकिने
मंसिर - ३० । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिने भएको छ । बाँकी सडक चौडा बनाउनुपर्ने भएपछि पुस ७ गतेदेखि चार घन्टा आवागमन रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए। प्रजिअ नारायणप्रसाद भट्टले सडक आयोजनाले दैनिक ८ घन्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रुको समस्यालाई ध्यानमा राखी चार घन्टा मात्र सवारी साधन रोक्ने अनुमति दिएको बताए । रासस

नारायणगढ–मुग्लिन

विशेष