अर्थ News

समयसीमा १५ दिन बाँकी, भारतीय नाेट सटहीमा अझै अन्योलता

समयसीमा १५ दिन बाँकी, भारतीय नाेट सटहीमा अझै अन्योलता
मंसिर – ३० । डिसेम्बर ३० मा भारु सटहीको समयसीमा नजिकिँदै गर्दा नेपालमा रहेका भारु सटहीको बारेमा अन्योल खडा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर ८ मा पाँच सय र हजारका नोटमा प्रतिबन्ध लागएपछि नेपालमा रहेका भारु सटहीको सम्बन्धमा दुई देशबीच केही संवाद भएको थियो । तर, त्यसले कुनै प्रतिफल भने आएको छैन । अब भारु साट्ने समयसीमा भने १५ दिनमात्र बाँकी रहेको छ । तर, यसबारे भारु साट्ने प्रकरण र मोडालिटीको सम्बन्धमा भारत सरकारले निर्णय लिइसकेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भारु साट्ने विषयमा दुई देशका सम्बन्धित अधिकारीहरु सम्र्पमा रहको र बाटो निस्कने बताएका थिए । यस विषयमा भारतले एउटा कार्यदल बनाए पनि त्यसले कस्तो सुझाव दियो भन्ने कुरा खुल्न सकेको छैन । सरकारी अधिकारीले अब एदमै छोटो समयका लागि केही निश्चित रकम साट्ने व्यवस्था हुन सक्ने बताएका छन् । नेपाला दुर्गम क्षेत्रमा रहेकाहरुले भने निश्चित समयमा बैंकमा गएर नोट साट्न सक्ने सम्भावना देखिदैँन । नेपालले भारतसँग २५ हजारसम्म भारु साट्नका लागि व्यवस्था गर्न आग्रह गरेपनि यस विषयमा भारत मौन छ । कति रकम राट्न पाइने हो र त्यसा लागि कस्ता कागजातहरु प्रस्तुत गर्ने भन्ने कुरा नै अन्योलमा छ । यो अन्योलको घडिमा एउटा सम्भावनाो उपाय भने देखिएको छ । भारतमा पनि पुराना नोट साट्नको लागि तय गरिएको डिसेम्बर ३०को डेडलाइनलाई केही थप गर्ने सम्भावना रहेको छ । त्यसो भयो भने केही आश गर्न सकिने नत्र भने नेपालीसँग भएका भारु खेर जाने सम्भावना छ । बताइएअनुसार भारु साट्ने विषयमा भारतको रिजर्भ बैंक र नेपाल राष्ट्र बैंककबीच कुराकानी भइरहेको छ । भारतले डिमोनिटाइजेसन गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर नेपालमा रहेका भारु साट्न आग्रह गरेका थिए । नेपालमा मात्र नभएर भारतमा रहेका नेपालीले भोगिरहेका समस्याको सामाधानमा पनि खासै प्रगति भएको पाइएको छैन ।

नरेन्द्र मोदी भारु सटही राष्ट्र बैंकक रिजर्भ बैंक

विशेष