शेयर

चिलिमे २० प्रतिशत लाभांश दिने

चिलिमे २० प्रतिशत लाभांश दिने
मंसिर - ३० । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । जलविद्युत् कम्पनीमध्येको उत्कृष्ट चिलिमेले आफ्ना सेयरधनीलाई गत आवको नाफाबाट कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १० प्रतिशत बोनस र करसहित १० प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको हो । कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् । गत आवमा रु ९३ करोड नाफा कमाएको उक्त कम्पनीको चुक्ता पुँजी रु तीन अर्ब १३ करोड रहेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिक अवधिमा रु ३० करोड नाफा गरेको छ । जलविद्युत् कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमाउने, प्रतिसेयर आम्दानी धेरै भएको कम्पनी चिलिमे लगानीकर्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।

चिलिमे जलविद्युत्

विशेष