विदेश

एलेप्पोबाट ३ हजारभन्दा बढी सर्वसाधारण बाहिर निकालिए

एलेप्पोबाट ३ हजारभन्दा बढी सर्वसाधारण बाहिर निकालिए

पुस १ । विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको सहयोगमा सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएपछि फसेका सर्वसाधारणलाई निकालिएको हो ।

यहाँ फसेका अन्यलाई पनि निकाल्ने काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो क्षेत्रमा विद्रोहीले करिब चार वर्षदेखि कब्जा गर्दै आएका थिए ।

त्यहाँका स्थानीयलाईसमेत उनीहरुले बन्धकजस्तै बनाएर राखेका थिए । रुसी रक्षा मन्त्रालयले उद्धार गरिएका घाइते, सर्वसाधारण र लडाकुलाई इदलिब प्रान्तमा राखिएको जनाएको छ ।

Siriya war

विशेष