विदेश

जयललिताको निधनमा ४ सय ७० जनाले गरे आत्मदाह

जयललिताको निधनमा ४ सय ७० जनाले गरे आत्मदाह

पुस १ । तामिलनाडुकी तात्कालिन मुख्यमन्त्री जयललिताको निधनमा भारतको तामिलनाडुमा ४ सय ७० जनाको ज्यान गुमाएका छन् । एआइएडिएमके पार्टीले जयललिताको निधनको शोकमा मृत्यु हुने सर्वसाधारणको नाम सार्वजनिक गरेको हो ।

सर्वसाधारणको मृत्यु प्रति शोक व्यक्त गर्दै उक्त पार्टीले मृतकका आफन्तलाई जनही तीनलाख भारतीय रुपैया दिने निणर्य समेत गरेको छ । त्यस्तै आत्महत्या गर्ने र औला काट्नेलाई ५० हजार दिएको समेत उक्त पार्टीले जनाएको छ ।

जयललिताको निधनमा औंला काट्ने ६ जना र आत्महत्या प्रयास गर्ने ६ जना रहेको समेत बताइएको छ । जयललिताले तामिलनाडुमा गरिबलाई लक्षित गरि विभिन्न कार्यक्रम ल्याएकी थिइन ।

Jaya Lalita

विशेष