News

मुस्ताङी राजा जिग्मे परवल विष्टको निधन

मुस्ताङी राजा जिग्मे परवल विष्टको निधन

पुस –१ । पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । पूर्वराजा जिग्मे केही वर्षदेखि काठमाडौंको बौद्धमा सपरिवार बस्दै आएका थिए ।

उच्च रक्तचाप र यूरिक एसिडलगायत समस्याबाट ग्रस्त पूर्वराजा जिग्मेको केही वर्षदेखि मुस्ताङसमेत जान सकेका थिएनन् । आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने जिग्मे मुस्ताङमा लोकप्रिय थिए । उपल्लो मुस्ताङको शासन सत्तामा जिग्मे ६२/६३ सालको आन्दोलन अघिसम्म सक्रिय थिए ।

जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा बृद्धबृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए । पूर्वराजा जिग्मेको पत्नी पूर्वरानी सिटोल परवल विष्ट, पूर्वराजकुमार जिग्मे सिंङगी परवल विष्ट (अशोक), पूर्वराजकुमारी र नातानातिनी छन् ।

विशेष