News

आजबाट देश भर १० प्रतिशत निशुल्क स्वास्थ्य सेवा

आजबाट देश भर १० प्रतिशत निशुल्क स्वास्थ्य सेवा

पुस १ । निजी स्वास्थ्य संस्थाहरुले बिपन्न, असहाय र वेवारिसे नागरिकलाई कुल शैयाको १० प्रतिशत निशुल्क स्वाथ्य सेवा दिने प्रक्रिया आजबाट शुरु गरेका छन् । सरकारले स्वास्थ्य निर्देशिकामा रहेको बिपन्न, असाहय र असक्त बर्गलाई निशुल्क सेवा दिने सम्बन्धी व्यवस्थालाई आजबाट अनिवार्य रुपमा कार्यान्वयन गराउन निर्देशन दिइसकेको छ ।

निशुल्क स्वास्थ्य सेवा लिनका लागि गाविस वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय र काठमाडाैको हकमा बीर अस्पतालको सिफारिस अनिवार्य चहिनेछ ।

त्यसरी सिफारिस लिएर आएकाहरुलाई निजी अस्पतालहरुले कुल शैयाको १० प्रतिशत निशुल्क उपलव्ध गराउनेछन् । निशुल्क उपचार सेवा अन्र्तगत बिरामीले चिकित्सकको परामर्श, ल्याव परीक्षण नर्सिङ, शैया अस्पतालमा उपलव्ध डाइग्नोष्टिक र अक्सिजनका लागी पैसा तिर्नुपर्ने छैन ।

स्वास्थ्यमन्त्री गगन थापाले १० प्रतिशत निशुल्कको व्यवस्था कार्यान्वयनमा निजी अस्पतालहरुलाई परिपत्र भइसकेकाले आजदेखी बिपन्न, असक्त र असहाय बिरामीले केही राहत पाउने बताए । स्वास्थ्य मन्त्री थापाले तत्काल सरकारले निशुल्क गर्न भनेको शिर्षकमा सेवा दिन आग्रह गर्दै मन्त्रालयले केही दिनमा थप स्पष्ट नीति तय गर्ने बताए ।

hospital

विशेष