राजनीति News

कोटेश्वर क्याम्पसमा क्रान्तिकारी विद्यार्थी संगठनको एकता भेला, कार्यसमिती गठन

कोटेश्वर क्याम्पसमा क्रान्तिकारी विद्यार्थी संगठनको एकता भेला, कार्यसमिती गठन

पुस १ ।  कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी विद्यार्थी संगठनको केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा नया ८५ जनाको कार्यसमिती गठन भएको छ । नया कार्यसमितीमा नवराज कार्की अध्यक्ष छन भने उपाध्यक्षमा बद्री धिताल निर्विरोध चुनिएका छन । अन्य सदस्यहरुमा पुरानै सदस्यहरुलाई हेरफेर गरिएको छ ।

कार्यक्रममा बोल्दै न्यौपानेले देशको भविष्यको लागि युवाहरुले राजनीति गर्न आवश्यक रहेको बताए । त्यसैगरि क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष अनिल शर्माले विद्यार्थीले सहि गलत छ्ट्याउनको लागि राजनीति गर्नुपर्ने बताए । नवनिर्वाचत अध्यक्ष कार्कीले विद्यार्थी हकहितको लागि सदैव लागिपर्ने प्रतिवद्धता जनाए, भने उपाध्यक्ष धितालले गलत काम गरे आफ्नै पार्टी नभनिकन त्यसको विरुद्धमा उत्रिने बताए ।

एकता कार्यक्रम सय भन्दा बढी विद्यार्थीहरुबिच कोटेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो । विद्यार्थी नेताहरु डिबी साउद , रविन बस्नेत, कुमार चौलागाई लगायतको कार्यक्रममा उपस्थीती रहेको थियो ।

Koteshowr Campus

विशेष