News

'निजी सम्पत्ति भएको पुष्टि भए सन्यास लिन तयार'

'निजी सम्पत्ति भएको पुष्टि भए सन्यास लिन तयार'
पुस – १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग कुनै निजी सम्पत्ति नरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफूसँग भएको सम्पत्ति पनि पार्टीकै भएको जिकिर गरेका हुन् । चण्डले प्रधानमन्त्रीका रूपमा सार्वजनिक गरेको सम्पत्ति पनि पार्टीकै भएको दाबी गरे । कसैले सम्पत्ति कतैकहीँ भएको पुष्टि गरे आफू सन्यास लिन तयार भएको बताए । ‘मेरो नाममा भएको केही सम्पत्ति पार्टी र सरकारको हो’, उनले भने । फरक प्रसङ्गमा उनले काङ्ग्रेससँग भएको सहमतिको आधारमा आफ्नो पालामा स्थानीय निर्वाचन गराउने प्रतिवद्धत्ता जनाएकाले कुनै पनि हालतमा निर्वाचत गराएरै छाड्ने दाबी उनले गरेका छन् । उनले कम्तिमा पनि एउटा निर्वाचन नहुन्जेल सरकार नछाड्ने बताउँदै काङ्ग्रेसलाई सजिलै सत्ता हस्तान्तरण नगर्ने बताएका हुन् । ‘लोक्कल इलेक्सन नहुँदासम्म त मेरो जिम्मेवारी पुरा हुँदैन’, उनले भने । कांगे्रससँग भएको समझदारीमा दाँयाबाँया कल्पना पनि गर्न नसकिने उनले बताए । ‘पहिला केपी ओलीलाई प्रधानमन्त्री बनाउन मैले प्रताव गरेको हुँ’, उनले भने, ‘ओलीलाई प्रधानमन्त्री नबनाएको भए संविधान जारी हुने थिएन ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष