News

गुल्मी आन्दोलनः प्रहरी र बन्दकर्ताबीच झडप, महिला सांसदसहित दुईदर्जन आन्दोलनकारी घाइते

गुल्मी आन्दोलनः प्रहरी र बन्दकर्ताबीच झडप, महिला सांसदसहित दुईदर्जन आन्दोलनकारी घाइते
पुस - १ । ५ नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनका क्रममा शुक्रबार प्रहरी र बन्दकर्ताबीच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास बजार तनाबग्रस्त बनेको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला प्रहरीले तोड्न खोज्दा झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला बिकसहित दुईदर्जन आन्दोलनकारी घाइते भएको संघर्ष समितिले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुईदर्जन अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित आन्दोलनकारीले दुईओटा सवारी–साधनमा आगजनी गरेका छन् । आन्दोलन दमन गरेको भन्दै आन्दोलनकारीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना र प्रहरी नायव उपरीक्षक भोला रावलको सरुवाको माग गरेका छन् ।

गुल्मी

विशेष