विदेश

रुसी राष्ट्रपति पुटिनमाथि अमेरिकी राष्ट्रपति चुनावमा इमेल ह्याक गरेको आरोप

रुसी राष्ट्रपति पुटिनमाथि अमेरिकी राष्ट्रपति चुनावमा इमेल ह्याक गरेको आरोप
पुस–१ । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आबद्ध संस्थाका इमेल ह्याक गरिएको अमेरिकी गुप्तचर संस्था सिआइएले जनाएको छ । निर्वाचनलाई प्रभावित पार्ने सो कार्यमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता देखिने प्रशस्त आधार भेटिएको भन्दै एनबीसीन्यूज टेलिभिजनले गुप्तचर अधिकारीलाई उद्धृत गर्दै समाचार प्रसारण गरिएको छ । टेलिभिजनले जनाएअनुसार डेमोक्र्याट्स पक्षका इमेल सामग्री ह्याक गर्ने र सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिएको गुप्तचर रिपोर्टमा उल्लेख गरिएको छ । टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआइए)का वरिष्ठ अधिकारीले ह्याकिङमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआइएसँग सुरक्षित रहेको उल्लेख गरेका थिए । यसै सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै ‘रिपोर्ट बेतुकका सन्दर्भको आधारहीन व्याख्या’मात्र भएको बताएका थिए । गत हप्ता वासिङटन पोस्टले अमेरिकी इमेललाई रसियाद्वारा ह्याक गरी सार्वजनिक गरिदिएको भन्ने सीआईएको विश्लेषणसहितको रिपार्ट छापेपछि यस विषयले विश्वभर चर्चा पाएको हो । सन् २०११ मा रसियाली संसदीय निर्वाचनमा पुटिनको इमान्दारितामाथि प्रश्न गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री क्लिन्टनले पुटिनको आलोचना गरेकी थिइन् । पुटिनले क्लिन्टनविरुद्ध विवादास्पद इमेल सार्वजनिक गरी बदला लिन खोजेको विश्लेषकहरुको बुझाई रहेको छ ।

भ्लादिमिर पुटिन

विशेष