News

बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित
पुस - १ । त्रिवी परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाका मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ५३३०२६९, ५३३०३२३, ५३३०३४६, ५३७०४४६ र ५३७१११६ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। रासस  

त्रिवी परीक्षा नियन्त्रण कार्यालय

विशेष