विदेश

चीन नीतिमा उग्र अभिव्यक्तिका कारण अमेरिकालाई चीनको चेतावनी

चीन नीतिमा उग्र अभिव्यक्तिका कारण अमेरिकालाई चीनको चेतावनी
पुस–१ । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनबीच तनाव बढेको छ । ट्रम्पले चीनको एक नीति नमान्ने चेतावनी दिएपछि २ देशबीच तनाव बढेको हो । चीनले अमेरिकालाई युद्धको चेतावनीसमेत दिएको छ । अमेरिकाले चीनबाट ताइवान टुक्र्याउने षड्यन्त्र गरेको भन्दै चीनले चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्ने गरेको छ र यसलाई जोगाउन जे पनि गर्न तयार रहेको बताएको छ । चीनले अव ताइवानमाथि बल प्रयोग गर्ने तयारीमा रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चीनका सरकारी मिडियाले अब ताइवानमाथि बल प्रयोग गर्नु पर्ने वकालत गरिरहेका छन् । चिनियाँ अधिकारीहरुले देशको रक्षा गर्नका लागि जस्तो सुकै कदम चाल्न तयार रहेको चेतावनी दिएका छन् । यसका लागि युद्ध आवश्यक परे चीन तयार रहेको उनीहरुको भनाइ छ । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका एक चीन नीतिमा बाँधिन बाध्य नरहेको भन्दै उग्र अभिव्यक्ति दिए लगत्तै चीनले दक्षिण चीन सागरमा बम्बर विमान पठाइसकेको छ । अमेरिकाले सन् १९७९ देखि ताइवानमाथि चीनको नीतिको सम्मा नगर्दै आएको भएपनि पछिल्लो पटक ट्रम्पले त्यहाँका राष्ट्रपतिलाई चुनाव जितेकोमा बधाइ दिएका थिए । यसको विरोधमा बेइजिङमा ट्रम्पविरुद्ध प्रदर्शन नै भएको थियो ।

America-China डोनाल्ड ट्रम्प

विशेष