पावर भएपछि कानुन मिचेर चलाइयो केबलबार
पुस –२ । सरकराले ४० वर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भाडामा दिँदा वन एने र नियमावली मिचेको पाइएको छ । ऐन र नियमावलीमा भएको व्यवस्थालाई मिचर सरकारले चन्द्रागिरिको महत्वपूर्ण वन क्षे फडानी गरी केबलकार र होटल चलाउन काठमाडौं फनपार्क (चन्द्रागिरि हिल्स लिमिटेड)लाई विना प्रतिस्पर्धा दिएको हो ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको काम चलाउन सरकारले २०६७ माघ १८ मा चन्द्रागिरिको ३६ हेक्टर क्षेत्र कबुलियती वनका रुपमा उपयोग गर्न दिने निर्णय लिएको थियो । उक्त प्रस्ताव तत्कालीन वनमन्त्री दीपक बोहराले मन्त्रिपरिषदमा लगेका हुन् । घना जंगलका साथै जैविक विविधताको संरक्षण र पर्यावरणीय हिसाबले समेत उत्कृष्ट वन क्षेत्र विनाश गर्दै त्यहाँ कम्पनीले जथाभावि भौतिक संरचना बनाइरहेको छ । कान्तिपुर दैनिकबाट