फेरिने भयो त्रिभुवन विमानस्थलको मुहार, बन्दैछ एराइभल पार्किङ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यएरपोर्ट एराईभल पार्किङ धमाधम निर्माण भइरहेको छ । पार्किङको समस्या भोगिरहेको नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा एक पटकमा ८०० गाडी अटाउने गरी चौडा पार्किङ निर्माण भइरहेको छ । अहिले २४० वटा गाडी पार्किङ गर्न मिल्छ । आउने र जाने सबैले एउटै पार्किङ गर्नुपर्ने अहिलेको अवस्था नयाँ पार्किङ बनेसँगै फेरिने छ । यात्रु छोड्न जाने गाडी र लिन जाने गाडीका लागि छुट्टाछुट्टै स्थल तोकिने छ । व्यावसायी दीपक मलहोत्राको आईएमएस ग्रुपले सरकारसँग ५० रोपनी जग्गा लिजमा लिएर पार्किङ निर्माण गरिरहेको छ । पार्किङ बनेसँगै वर्षौदेखि विमानस्थलमा भएको पार्किङको समस्याबाट मुक्ति मिल्ने कम्पनीले दाबी गरेको छ ।
कस्तो बन्दैछ पार्किङ ? एराईभल पार्किङको काम अबको ३ महिनामा सकिने पार्किङ निमार्णमा कार्यरत इन्जिनियर कृष्णजंग कार्की बताउछन । पार्किङ निमार्ण गर्ने जिम्मा नेपालको क वर्गको कम्पनी रसुवा कन्ट्रक्सनले लिएको छ । इन्जिनियर कार्कीका अनुसार पार्किङ अन्य देशको विमानस्थलको जस्तै अन्र्तराट्रिय मापदण्ड अनुसार बन्नेछ । ५० करोडमा बनिसक्ने अनुमान गरिएको पार्किङको लागत बढ्ने देखिएको छ । एराईभल पार्किङलाई नीरिक्षण गरिरहेका कर्मचारी रविन्द्र रिजालका अनुसार सो पार्किङ नेपालकै पहिलो सुविधा सम्पन्न पार्किङ हुनेछ । तोकिएकै डिजाईन र नक्सामा काम सम्पन्न हुने उनी बताउँछन । सरकारसंग ३० वर्षको लागि ५० रोपनी जग्गा भाडामा लिएको उनले बताए । रिजाल भन्छन, ‘पार्किङ बनिसकेपछि एयरपोर्टसँग समबन्धित रहेका सबै अफिसहरु यही विल्डिङमा आउछन् । ट्राभल एजेन्सी, मनि एक्सेन्ज लगायत अन्य सुविधाहरुको लागि बाहिर जानु पर्दैन । कुरियर, इम्र्पोट ,एक्सर्पोट पनि यहींबाट हुन्छ । कोही आफन्त एयरर्पोट लिन आउदा गेटमा उभिएर बस्ने झन्झट हुँदैन ।’
सुरक्षा नया पार्किङ बनेपछि अहिले रहेको पार्किङमा यताबाट जाने यात्रु लिएर सवारी साधन मात्र जान पाउनेछन भने नया पार्किङमा आउनेयात्रु लिन जाने सवारी साधनमात्र प्रवेश गर्न पाउनेछन । यस्तो नियम लागू गर्दा सुरक्षाको दृष्टिले राम्रो हुने इन्जिनियर कार्की बताउछन । नयाँ बन्ने पार्किङमा अण्डर ग्राउण्ड पार्किङ समेत रहनेछ । सुरक्षाका दृष्टिले पहिलेको भन्दा अब्बल रहने कर्मचारी रिजाल बताउछन ।
सुविधा के छ ? प्लेन ल्याण्ड हुनेवित्तिकै उक्त पार्किङमा आगमनकर्ताहरु प्रतीक्षारत व्यक्तिहरुको सम्र्पकमा हुनेछन् । अराईभल हल समेत हुनेछ । अराइभल हलमा एयरर्पोटमा आगन्तुकलाई लिन पुगेकाहरु बस्नेछन । जहाँ कफी सप, टिभी, फ्रिज म्युजिकको सुविधा समेत रहनेछ । प्रस्तुति : सागर बुढाथोकी restructuring tribhuwan airport tribhuwan parking design