News

साझा प्रकाशनमा भ्रष्टचार गर्नेको नामवाली घोषणा गर्ने अध्यक्षको चेतावनी

साझा प्रकाशनमा भ्रष्टचार गर्नेको नामवाली घोषणा गर्ने अध्यक्षको चेतावनी

 

पछिल्लो समय आन्तरिक समस्याका साथसाथै घाटामा चलिरहेको साझा प्रकाशनलाई सरकारले ३० करोड रुपैयाँ सुलभ ऋण दिएको छ । अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले गरेको सहयोगका कारण साझा प्रकाशनले गति लिने बताउँछन् । धरासायी बन्दै गरेको प्रकाशनलाई सरकारको सहयोगले बचाएको उनको भनाइ छ । अध्यक्ष शर्माले विगतमा साझामा बसेर भ्रष्टाचार गर्नेहरुको नामावली प्रकाशित गर्ने वाचा गरेका छन् । ‘हामी बाचुञ्जेल यहाँ बसेर खाइराख्नु पर्छ, यहाँ भएका गतिविधिहरुको अडिट पनि गर्नु हुँदैन भन्ने मनासयले साझा यो अवस्थामा आइपुगेको हो । साझालाई दुरावस्थामा पु¥याउनेको फेहरिस्त सार्वजनिक गर्छु ।’ नेपाल आजसँगको कुराकानीमा शर्माले भने । उनले फहेरिस्त सार्वजनिक गर्न २ महिना लाग्ने जनाए । संस्था भित्रकै आन्तरिक समस्याका कारण संस्था घाटामा चलिरहेको शर्माले दाबी गरे । सरकारले गरेको ऋण सहयोगबाट संस्थालाई माथि उठाइछाड्ने उनले प्रतिबद्धता व्यक्त गरे । ०५ वर्षको कालखण्डमा साझा प्रकाशनले गरेका सम्पूर्ण गतिविधीललाई सूक्ष्म रुपमा मूल्यांकन गर्र्ने काम अहिलेको सरकारबाट भएको शर्माको ठम्याइ छ ।

र यो पनि

► अध्यक्षले नै यसो भनेपछि साझा प्रकाशनमा कति भ्रष्टाचार भए होला ! (भिडियो सहित)

sajha prakash to reveal corrupt employee Sajha Prakashan

विशेष