News

जेसीजको राष्ट्रिय अध्यक्षमा अधिकारी निर्वाचित

जेसीजको राष्ट्रिय अध्यक्षमा अधिकारी निर्वाचित
पुस - २ । जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशनले दमक जेसिजका पूर्व अध्यक्ष प्रकाश प्रसाद अधिकारीलाई राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको छ । नेपालभरका १ सय ३८ जेसिज शाखाबाट आएका प्रतिनिधिहरुबाट ६ सय ५७ मत ल्याउँदै अधिकारी विजयी बनेका हुन् । कार्यकारी उपाध्यक्षहरुमा कैलाश खाकी, विनोद सुवेदी, श्रीधर बस्याल र सुशील कुमार श्रेष्ठ विजयी बनेका छन् । त्यस्तै, उपाध्यक्षहरुमा अतुल प्रसाइ, शोभा खरेल, राजु पौडेल, हेमराज खनाल, भीम गिरी, विकास मानन्धर, विकास महर्जन, संगिता खड्का, शुशिला शाही, सन्तोष रौनियार, रामसरण सिलवाल र मंजरी घिमिरे विजयी भएका छन् । नवनिर्वाचित अध्यक्षले महासचिवमा भरत प्रसाइ, कानुनी सल्लाहकार राजाबाबु शाह र कोषाध्यक्षमा आनन्द अधिकारीलाई मनोनीत गर्दै सभाबाट अनुमोदन गराएका छन् ।

विशेष