विदेश

अफगानिस्तानमा गाली हानी पाँच महिला कामदारको हत्या

अफगानिस्तानमा गाली हानी पाँच महिला कामदारको हत्या
पुस - २ । अफगानिस्तानको कान्दहरमा गोली प्रहार गरी पाँच महिला कामदारको हत्या गरिएको छ। स्थानीय समयअनुसार बिहान साढे पाँच बजे देह खोजामा विमानस्थलमा काम गर्ने ती महिला चढेको सवारी साधनलाई लक्षितगरी गोली प्रहार भएको अधिकारीहरुले बताएका छन्। अफगानिस्तानको राजधानी काबुलदेखि ४५० किलोमिटर दक्षिणमा पर्ने सो ठाउँमा ती महिलाहरु कार्यालय जानका लागि मिनिबसमा यात्रा गरिरहेका थिए। प्रान्तीय सरकारका प्रवक्ता समिम खपलवाकले घटनाका बारेमा अनुसन्धान गर्न लगाइसकिएको जानकारी दिए। दोषीलाई पक्राउ गरी कारवाही गर्न खोजीकार्य तिव्र पारिएको उनले बताए। घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन । तर सरकारी अधिकारीहरुले भने तालिवानी लडाकुलाई ‘शान्ति र स्थिरताका विरोधी तत्व’ भन्दै तीनीहरुलाई नै आक्रमण गरेको आरोप लगाएका छन् । सिन्ह्वा

अफगानिस्तान

विशेष