विदेश

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प
पुस - २ । पपुवा न्यूगिनीमा ७.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प नेपाली समयअनुसार शनिबार दिउँसो ४ बजेर ३४ मिनेटमा गएको हो । अमेरिकी जिओलोजिकल सर्भे (युएसजीएस)का अनुसार पूर्वी पपुवा न्यूगिनीमा एक सय किलोमिटर गहिराइमा गएको भूकम्पले न्यू आयरल्यान्ड क्षेत्रमा हल्लिखल्ली मच्चिएको छ । त्यसपछि भने साना–साना पराकम्पन आइरहेको जनाइएको छ । क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन । - एजेन्सी

पपुवा न्यूगिनी भूकम्प

विशेष