चरमपन्थीको हमलमा तीन सैनिक जवान मारिए

पुस - २ । भारतको प्रशासित क्षेत्र जम्मु कश्मिरको पान्पोरको श्रीनगर–जम्मु नेश्नल हाइवेमा चरमपन्थीले सेनाको एक टुकडीमाथि हमला गरेका छन् । उक्त हमलामा सेनाका तीन जवान मारिएका छन् ।
घटनापछि सुरक्षा बलले आसपासका आदिवासी क्षेत्रलाई घेराहालेर चरमपन्थीको खोजी अभियान चलाएको छ । बताइएका अनुसरा चरमपन्थीहरुले शनिबार दिउँसो पान्पोरमा रहेको सेनाको टुकडीमाथि अचानक गोली प्रहार गर्न सुरु गरेका थिए ।
यो भन्दापहिला आएको सूचना अनुसार चरमपन्थीहरुले सेनाको टुकडीमाथि हमला गरेको तर कसैको पनि हताहती नभएको प्रहरीले जनाकारी दिएको थियो ।
जम्मु कश्मिर
सेना