प्रवास News

अमेरिकाको फ्लोरिडामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, दुई घाइते

अमेरिकाको फ्लोरिडामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु, दुई घाइते
पुस – अमेरिकाको फ्लोरिडा राज्यमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा २० वर्षीय संगम सुबेदी छन् भने सोही कारमा सवार अर्की यवतीको समेत मृत्यु भएको हो । युवती सनाखत हुन सकेको छैन । घाइते हुनेमा श्रद्धा सिंह ठाकुरी र १९ वर्षीया असलीशा पण्डित रहेका छन् । उनीहरु अलाबामा ट्रोयकै कलेजका विद्यार्थी थिए । फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा दुर्घटना भएको हो । उनी चढेको कार राजमार्ग ७९ को दक्षिणतर्फ यात्रा गर्ने क्रममा सडकमा रातो बत्ती बलेको समयमा नरोकिइ अघि बढ्दा दुर्घटना भएको राजमार्ग प्रहरीले जनाएको छ । तीब्र गतिको कार राजमार्गमा रहेको इन्टर सेक्सनमा नरोकिएर सिधै माहबाहक गाडीमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो । गम्भीर घाइते भएका उनीहरूलाइ फ्लोरोडा पानामास्थित एक चिकित्सा केन्द्रमा उपचार हुँदै छ । स्थानीय प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

Florida Road Accident road accident

विशेष