विदेश

पपुवा न्युगिनिमा शक्तिशाली ७.९ म्याग्निच्युटकाे भूकम्प, सुनामीकाे खतरा

पपुवा न्युगिनिमा शक्तिशाली ७.९ म्याग्निच्युटकाे भूकम्प, सुनामीकाे खतरा

पुस – २ । पपुवा न्युगिनिमा शनिबार ७.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभाग (युएसजिएस)ले जनाएको छ । भूकम्प लगत्तै यहाँ सुनामीको खतरा रहेको अधिकारीहरुले औल्याएका छन् । स्थानीय समयअनुसार शनिबार साँझ .५१ मिनेटको समयमा गएको भूकम्पको न्यू आइरल्याण्डको तरोन क्षेत्रबाट करिब ६० किलोमिटर पूर्वमा ७५ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको युएसजिएसले जनाएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पका कारण पपुवा न्युगिनी, इन्डोनेसिया, नाउरु र सोलोमन द्वीपमा भयानक सुनामी आउनसक्ने चेतावनी दिएको छ । न्यूजल्याण्डको नागरिक रक्षा मन्त्रालयले पनि पपुवा न्यूगिनी, इन्डोनेसिया, ताडरु र सरेलोमन लगायतका प्रशान्त महासागरको तटमा रहेका सम्पूर्ण क्षेत्रमा सुनामी आउनसक्ने भनी सतर्क रहन आग्रह गरेको छ । यस क्षेत्रमा रहेका अव्यवस्थित बस्ती तथा घरहरुका कारण भूकम्पका कारण केही मानिस भूकम्पका कारण प्रभाभित भएका र भौतिक संरचनामा क्षति भएको हुनसक्ने युएसजिएसले बताएको छ । तर अहिलेसम्म क्षतीको विवरण आइसकेको छैन ।

पपुवा न्युगिनि शक्तिशाली भूकम्प

विशेष