सफलताको कथा News

बुबा र हजुरबुबाबाट बलात्कृत पूजाको परिवर्तित जीवनः आत्महत्याको प्रयासदेखि उत्कृष्ट नतिजासम्म

बुबा र हजुरबुबाबाट बलात्कृत पूजाको परिवर्तित जीवनः आत्महत्याको प्रयासदेखि उत्कृष्ट नतिजासम्म

दुई बर्ष अघि उनले आत्महत्याको प्रयास गरिन् । जंगलमा गएर विष सेवन गरिन् । र, नजिकको साथीलाई मर्न लागेको सन्देश दिइन् । साथीले प्रहरीलाई खबर गरिन् । प्रहरीले तत्काल खोजी ग-यो । मृतप्राय अवस्थामा पूजा कार्की भेटिइन् । सँगै, भेटियो सुसाइड नोट । जसमा लेखिएको थियो, ‘हजुरबुबा र बुबाबाट बलात्कृत म अभागीसँग मर्नुको विकल्प रहेन ।’ सुसाइड नोट अप्रत्याशित थियो । दर्दनाक सुसाइड नोेट बाहिरिएसँगै पूजाका हजुरबुबाले आत्महत्या गरे । बुबालाई प्रहरी पक्राउ ग¥यो । पूजाको उद्धार गरी काठमाडौँ ल्याइयो । अभिभावकत्व दानवत्वमा परिणत भएको र मानवता रित्तिएको परिवारमा सकसपूर्ण जिन्दगी जिइरहेकी पूजाको कथा संचारमाध्यममार्फत सार्वजनिक भयो । पूजा पुरुषसँग बोल्न मान्दैनथिन् । डराउँथिन् । लगलग काप्थिन् । जसोतसो उनी संचारकर्मीसँग बोल्न थाल्थिन् तर बोल्न सक्दिनथिन् । भक्कानो छुट्थ्यो । रक्षा नेपालको आश्रयमा विस्तारै उनको मनोबल बढ्न थाल्यो । अदालतमा मुद्दा विचराधिन थियो । आफ्नै बाबुबिरुद्ध बलात्कारको मुद्दा लड्नुपर्ने अभागी छोरी हुनुको पीडा असह्य थियो । त्यसमाथि वकिलहरु बलात्कारको रिपोर्ट र प्रमाण माग्थे । प्रमाण लुकाउन अनेक प्रयत्न गरियो । पूजाको कथा संचारमाध्यममा आएसँगै उनलाई देशविदेशबाट सहानुभुति, सहयोग र हौशला प्राप्त भयो । उनको मनमा भिन्दै आगो सल्कियो । पीडकसँग जुध्नलाई बलियो प्रमाण चाहिँदोरहेछ । यही सोचेर उनले निधो गरिन्ः प्रसुती डाक्टर अर्थात गाइनेलोजिस्ट बन्ने र आफू जस्तै बलात्कारको शिकार भएकाको प्रमाण जोगाउने । उनी क्याम्पस भर्ना भइन् । क्याम्पस पढ्नु उनका लागि सहज थिएन । उनको कथा थाहा पाउँदा उनीमाथि बेग्लै व्यवहार हुनसक्थ्यो साथीभाइबाट । अर्कोतर्फ जुनसुकै बेला उनीमाथि घरपरिवारबाट निशाना साँध्न सक्ने अवस्था बिद्यमान छ । किनकि उनका बाबुलाई जिल्ला अदालत हुँदै सर्वोच्वले १८ बर्ष कैद सुनाएको छ । विष सेवनको असर अहिले पनि देखिइरहन्छ । बेला बेला पेट सहन नसक्ने गरी दुखिरहन्छ । परीक्षाको बेला पनि उनले अस्पताल धाइरहनुप-यो । एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी उनी पढाइमा तेज थिइन् । हिम्मत हारिनन् । परीक्षा दिइ छाडिन् । जब ११ को नतिजा प्रकाशित भयो । उनले सबैलाई तीनछक पारिन् । मृत्युको काख रोजेकी पूजाले चमत्कारिक सफलता हाशिल गरिन् । कक्षा प्रथम भइन् । उत्कृष्ट अंकसहित उनी प्रथम श्रेणीमा पास भइन् । पूजालाई आश्रय दिएकी मेनुका थापाका शब्दमा सबैको हौशलाका कारण पूजाको जीवनमा नाटकीय परिवर्तन आएको हो । पूजा भन्छिन्, ‘मैले धेरै चेतेँ, अब बाँच्छु । आफू जस्तै पीडितको पक्षमा संर्घष गर्छु । मलाई डाक्टर बन्न तपाईहरुको आर्शिवाद अनिवार्य छ ।’ आत्महत्याको प्रयास असफल भएपछि दिएको अन्तरवार्तामा पूजाले आफ्नो पीडा रुँदै व्यक्त गरेकी थिइन् ।

आत्महत्या पूजा कार्की

विशेष