चीनले ड्रोन चोरेको ट्रम्पको आरोप, ड्रोन फिर्ता गर्न चीन तयार

पुस ३ । चीनले नियन्त्रणमा लिएको अमेरिकी समुद्री ड्रोन फिर्ता गर्ने भएको छ । चीनले गत बिहीबार चीनको दक्षिणी सागरमा प्रवेश गरेको अमेरिकी समुद्री ड्रोन नियन्त्रणमा लिएको थियो ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार छलफलपछि चीन ड्रोन फिर्ता गर्न सहमत भएको हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी समुद्री ड्रोन चोरेको भन्दै ट्वीट गरेपछी चीन ड्रोन फिर्ता गर्न तयार भएको केही अमेरिकी विश्लेषकले बताएका छन् ।
America China Dron Camera