ताजा खबर मुख्य समाचार विदेश News

फिलिपिन्सले दियो अ‍ेमेरिकालाई चेतावनी, अमेरिकी एजेन्सीलाई देश छाड्न आग्रह

फिलिपिन्सले दियो अ‍ेमेरिकालाई चेतावनी, अमेरिकी एजेन्सीलाई देश छाड्न आग्रह

पुस ३ ।  फिलीपीन्सलाइ दिदै आएको आर्थिक सहयोग कटाउने अमेरिकी निर्णयसँग असन्तुष्टि जनाउदै फिलीपीन्सका राष्ट्रपति राड्रिगो दुर्तेतेले फिलीपीन्समा काम गर्दै आएको मिलीननीयम च्यालेन्ज कर्पोरेशनलाइ ६ महिना भित्र देश छाडेर जान आग्रह गरेका छन्। ‘अमेरिकन सहयोग बिना पनि फिलीपीन्सले आर्थिक बिकास गर्न सक्छ। अमेरिकाले दिने यो आर्थिक सहयोग नपाएकोमा हामी खुसी छौँ।’

मिलिनियम च्यालेन्ज कर्पोरेशन मार्फत फिलीपीन्सलाई छुट्याएको ४३ करोड डलर अनुदानलाई अमेरिकी सरकारले रिन्यु नगराउने फैसला गरेको थियो। ‘अमेरिकाले गरेको यो निर्णयबाट म हतास भएको छैन। र, फिलीपीन्समा पनि कुनै खास असर पर्ने छैन।’

फिलीपीन्समा रहेको अमेरिकी गरिवी सहायता एजेन्सीलाई तत्काल देश छाडन पनि आग्रह गरेको बताउँदै दुर्तेतेले बताएका छन् ‘अमेरिकी एजेन्सीहरु घर फर्कने तयारी गर्दै गरे हुन्छ। ६ महिना भित्र सबै फर्कि सक्नु पर्ने छ।’

अमेरिकाले सहयता गर्नका लागी केहि सर्त अगाडी सारेको बताउँदै फिलीपीन्सका बिदेश मन्त्रीले अमेरिकाको आलोचना गर्दै आएका थिए। ‘हाम्रो आवश्यकतालाई बिचार गरेर सहयोग गर्दै आएको हो अमेरिकाले भने सर्त अगाडी सार्नु जरुरी थिएन। अमेरिकी सहयोग नआए पनि जनता भोकै मर्ने छैनन।’ राष्ट्रपतिले बताएका छन्।

Philipince

विशेष