News

आविष्कार केन्द्रका लागि साढे पाँच लाख संकलन

आविष्कार केन्द्रका लागि साढे पाँच लाख संकलन
पुस ३ । म्याग्दीको राम्चे र हिस्तान गाविसका बासिन्दाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका लागि रु पाँच लाख २७ हजार संकलन गरेका छन् । म्याग्दीको राम्चेमा जन्मिएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको अभियानमा जुटिरहेका बेला गाउँलेले उनको अभियानलाई सफल बनाउन सो रकम संकलन गरेका हुन् । आविष्कार केन्द्रका लागि राम्चे गाविसबाट रु तीन लाख संकलन भएको छ भने हिस्तानबाट करिब रु साढे दुई लाख संकलन भएको छ । गाविसका समाजसेवी, आमासमूह, क्लब, विद्यालयका शिक्षकले आफ्नो तलबको केही रकम आविष्कार केन्द्रका लागि सहयोग गरेकोआदर्श माविका स्रोतकेन्द्रका स्रोत व्यक्ति एवम् अभियानका संयोजक भरतकुमार पुनले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्रका लागि अझै गाउँबाट सहयोग आउने कार्य भइरहेको हुनाले सहयोग बढ्ने संयोजक पुनले बताए । पुल नहुँदा दुई जिल्लाका दुई हजार जनतालाई सास्ती म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो खोलामा पुल नहुँदा खोला वारिपारिका दुवै जिल्लाका बासिन्दा समस्यामा परेका छन् । म्याग्दीको बेनी नगरपालिका–३ र बागलुङकोे पञ्चासेको सिमाना भएर बग्ने ठूलोखोलामा पुल नहुँदा दुवै जिल्लाका दुई हजार बढी जनता समस्यामा परेका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा खोलो वारपार गर्न नसक्दा समस्या हुने गरेको बेनी नगरपालिका–३ का दिलबहादुर थापाले बताए । पुल नहुँदा म्याग्दीका विमिरावोट, तमाने, गौश्वारा, भकुण्डे, अर्जम र बागलुङ जिल्लाका मालिका, पञ्चासे, खर्कलगायत गाउँका सयौँ मानिसले सास्ती व्यहोर्नुपरेको थापाले जानकारी दिए ।

Myagdi

विशेष