मनोरञ्जन News

गोवामा आकस्मिक लाभ सहितिको कला महोत्सव

गोवामा आकस्मिक लाभ सहितिको कला महोत्सव
पुस २ । भारतको गोवामा ‘सेरिन्डिपिटी आर्ट फेस्टिबल’सुरु भएको छ । उपमहाद्वीपीयस्तरको कलामा छनोट भई नेपालबाट कविराज लामा, किशोर कायस्थ र मेखबहादुर लिम्बू सहभागी भएका छन् । राजनीतिक, सांस्कृतिक तथा आर्थिक विषयमा तयार पारिएका कलाकृति सो प्रदर्शनीमा राखिएको सहभागी कलाकार लामाले जानकारी दिए । नेपालबाट राजनीतिक विषयमा लामाले विसं २०४६ पछि नेपालमा बनेका प्रधानमन्त्रीका मुहारचित्र र ती नेताका आवाजलाई सेन्सर प्रविधिमार्फत जोडेर कला सिर्जना गरेका थिए । ‘दिक्क लाग्ने आवाज’ शीर्षकमा लामाले नेताका भाषणलाई डिजिटल प्रविधिमार्फत अभिव्यक्त गरेका छन् । गत मङ्सिर २८ देखि पुस ७ गतेसम्म गोवामा भइरहेको सो महोत्सव नेपाली कलालाई अन्तरष्ट्रिय स्तरमा चिनाउनका लागि महत्वपूर्ण हुने लामाले बताए । त्यस्तै कायस्थले काठमाडौंँ उपत्यकाको सांस्कृतिक तथा पुरातात्विक सम्पदालाई भूकम्पअघि र त्यसपछिको अवस्थाका रुपमा तुलना गर्दै २० मिनेटको वृत्तचित्र बनाएका छन् । उनले उच्चस्तरको संगीत र आवाजलाई निकै कलात्मक रुपमा प्रस्तुत गरेका छन् । कायस्थ आफ्ना कलाका बारेमा भन्छन्, “मैले नेपाली संस्कृतिलाई सौन्दर्य भर्ने कोसिस मात्रै गरेको हुँ ।” कलाकार लिम्बूले नेपालको विद्यमान आर्थिक अवस्था र त्यसबाट समाजमा परेको यथार्थलाई पस्किएका छन् । प्रदर्शनीमा नेपाली कलाकारको सहभागिताका लागि सिद्धार्थ आर्ट ग्यालरीले संयोजन गरेको छ । नेपाली कलालाई अन्तरष्ट्रियस्तरसम्म लैजान ग्यालरीले ३० वर्षदेखि काम गरिरहेको ग्यालरीका निर्देशक संगीता थापाले जानकारी दिए ।

गोवामा आकस्मिक लाभ सहितिको कला महोत्सव

विशेष