विदेश

चीनलाई ट्वीट मार्फत ट्रम्पको आक्रमक जवाफ

चीनलाई ट्वीट मार्फत ट्रम्पको आक्रमक जवाफ
पुस–३ । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ट्वीट मार्फत आक्रमक जवाफ दिएका छन् । चीनले कब्जा गरेको ड्रोन फिर्ता नलिने ट्रम्पले ट्वीटरमा लेखेपछि दुई राष्ट्रबीच टक्कर बढ्ने देखिएको छ । ट्रम्पले ट्वीटरमा लेखेका छन्,‘हामीले चीनलाई भन्नु पर्छ कि जुन ड्रोन उनीहरुले चोरे त्यो हामीलाई चाहिएन, उसैले राखोस् ।’ https://twitter.com/realDonaldTrump/status/810288321880555520 चिनियाँ रक्षामन्त्रालयले शनिबार अमेरिकाको ड्रोन मामिलामा विवाद सुल्झाउने भन्दा पनि विवाद बढाउने व्यवहार गरिएको भन्दै आक्रोश पोखेका छन् । चीनले अमेरिकामाथि मुद्धा सुल्झाउन भन्दा बल्झाउन तिर लागेको पनि आरोप लगाएको छ । चिनको सरकारी अखबार ग्लोबल टाइम्सले चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै उक्त जल क्षेत्रमा तनाव बढ्न नदिन चिनियाँ सेनाले अज्ञात उपकरण कब्जामा लिएको बताएको थियो । फिलिपिनी सीमा क्षेत्र नजिकै अमेरिकी सेनाले एक मानवरहित विमान अन्डर वाटर भेकल सर्वे गरिरहेको समयमा चिनियाँ सेनाले बिहीबार कब्जा गरेको थियो । इतिहासमै पहिलो पटक चीनले अमेरिकी उपकरण कब्जामा लिएपछि २ देशबीच बढिरहको तनावमा अर्को विषय थपिएको छ ।

चीन डोनाल्ड ट्रम्प

विशेष