विदेश

बान कि मुन दक्षिण कोरियाको राष्ट्रपति पदकाे प्रतिस्पर्धा गर्ने तयारीमा

बान कि मुन दक्षिण कोरियाको राष्ट्रपति पदकाे प्रतिस्पर्धा गर्ने तयारीमा
पुस–३ । संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा महासचिव बान कि मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्दै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको र यस अवस्थामा आफूले दक्षिण कोरियाको राष्ट्रपतिका रुपमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना व्यक्त गरेका छन् । कोरियाली राजनीतिमा बानको पुनः संलग्नताको सम्भावनालाई बताउँद उनले भने – “मैले अझै १५ दिन राष्ट्रसङ्घमा बिताउन बाँकी छ । म अहिले पनि संयुक्त राष्ट्रसङ्घको महासचिव हुँ । राष्ट्रसङ्घबाट बिदा भएपछि केही समय आराम गर्ने र त्यसपछि कोरिया फर्किने योजना छ ।” “कोरियामा फर्केपछि मैले राजनीतिक नेतृत्वसहित सकेसम्म धेरै जनतालाई भेट गर्नेछु र मेरो राष्ट्रका लागि सकेसम्म गम्भीर रुपमा सोचेर विचार लिनेछु” – महासचिव वानले भने । दक्षिण कोरियाले अहिले ‘राजनैतिक अस्तव्यस्तता’को अवस्थामा रहनुपरेको बताउनुहुँदै भने – “मलाई थाहा छ कोरियाली जनताले समावेशी नेतृत्वका लागि अभिलाषा प्रकट गरेका छन् । उनीहरुको सामाजिक एकीकरण, पुनर्मिलन र अति परिपक्व प्रजातान्त्रिक संस्थाको चाहलाई अब आउने नेतृत्वले सम्बोधन गर्नुपर्ने छ । दक्षिण कोरियाका पूर्व विदेश मन्त्रीका रुपमा समेत अनुभव भएका ७२ वर्षीय नेताले वर्तमान राष्ट्रपति पार्ककै दलबाट अर्को वर्षमात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने योजना भएको अनुमान गरिएको छ । “मलाई थाहा छ, दक्षिण कोरियाली जनताले कडा सङ्घर्षबाट प्राप्त गरेको प्रजातन्त्र र आर्थिक विकासलाई गुमाउन चाहन्नन्, किनकि यसैका कारण दक्षिण कोरिया विश्व जगत्सँग सहयोगको याचना गर्नुपर्ने राष्ट्र एक समृद्ध र दाता बन्न सफल भएको छ । यो कोरियाली जनताले गर्ने एउटा गर्वको विषय हो ।” जनताको हितमा काम गर्ने लचिलो र परिपक्व प्रजातान्त्रिक मुलुकका कोरियाली जनताले छिट्टै नै विद्यमान समस्याबाट मुक्त हुनेछन् । रासस÷एएफपी

बान कि मुन

विशेष