ताजा खबर News

मिडियालाई जिम्मेवार बनाउन उच्च प्रविधिबाट अनुगमन

मिडियालाई जिम्मेवार बनाउन उच्च प्रविधिबाट अनुगमन

पुस ४  ।   रेडियो, टेलिभिजन, अनलाइन कार्यक्रम र समाचारमार्फत तपाईं कसैलाई गाली त गरिरहनुभएको छैन, झूठको खेती गर्नुभएको त छैन ? गरिरहनुभएको छ भने होसियार ! अब प्रेस काउन्सिल नेपालले तपाईंका रेडियो, टेलिभिजन, अनलाइनमार्फत बज्ने कार्यक्रम र समाचारको उच्च प्रविधिबाटै अनलाइन अनुगमन सुरु गरेको छ ।

प्रेस काउन्सिल नेपालले करिब डेढ करोड रुपियाँ लगानीमा कार्यालयबाटै अनलाइन अनुगमन गर्नसक्ने उच्च प्रविधिको मेसिन भित्र्याएको छ । सो मेसिनको सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले आइतबार उद्घाटन गरे ।

काउन्सिलको नयाँ प्रविधिले आचारसंहिता उल्लङ्घनको घटनामा कमी आउने र पत्रकारितामा जिम्मेवारीपन र गुणस्तरीयता बढ्ने विश्वास गरिएको छ । अहिलेसम्म अनुगमनको काम प्रभावकारी हुन नसक्दा मिडिया छाडा हुने गरेको र आचारसंहिता उल्लङ्घनको घटना बढी हुने गरेको बुझाइ काउन्सिलको थियो ।

तर, अब सबै मिडियाको कार्यक्रम र समाचारको रेकर्ड काउन्सिलकै प्राविधिक मेसिनमा रेकर्ड हुने भएपछि अनुगमन र कारबाहीमा समेत प्रभावकारिता आउने विश्वास काउन्सिलका पदाधिकारीहरूको छ ।

गोरखापत्र

विशेष