अपराध सुरक्षा News

दुई तोलाको सिक्री जाँडलाई सितन बनाएर निलेपछि...

दुई तोलाको सिक्री जाँडलाई सितन बनाएर निलेपछि...

पुस ४ । लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक ‘लुटेरा’ अस्पतालमा जीवनमरणको दोसाँधमा छन् ।

काठमाडौंमा केही दिनअघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा ज्यान जोखिममा परेको हो । प्रहरी फन्दामा परेका ती लुटेरा अहिले वीर अस्पताल भर्ना गरिएका छन् ।

घटनाको प्रमाण र आरोपीको प्राण जोगाउन अहिले प्रहरी आरोपीको स्याहारसुसारमा खटिइरहेको छ ।

प्रहरीका अनुसार कीर्तिपुर घर भई हल्चोक बस्ते सुमन महर्जनले लुटेको दुई तोलाको सुनको सिक्री निलेका थिए । महानगरीय प्रहरी बृत्त, स्वयंभूका अनुसार मंसिर १८ गते राति भएको लुटपाट घटनामा संलग्न आरोपमा पक्राउ परेका महर्जनले शुक्रबार राति जाँडको सितन बनाएर दुई तोला सुनको सिक्री निलेका थिए ।

नागरिक दैनिक

lutpat

विशेष