खेल ताजा खबर News

रोनाल्डो चम्किएपछि रियललाई उपाधि

रोनाल्डो चम्किएपछि रियललाई उपाधि

पुस ४ । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि क्लब विश्वकपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार भएको फाइनलमा जापानी क्लब कासिम अन्टलर्सलाई ४–२ गोल अन्तरले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।

जापानको योकाहामास्थित निशान रंगशालामा भएको खेलमा रियलका कारिम बेन्जामले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर कासिम अन्टलर्सका सिबास्कीले गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफको ६० औं मिनेटमा पनि सिबास्कीले गोल गर्दै जापानीज टोलीलाई अग्रता दिलाए ।

रोनोल्डोले ६० औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याएका थिए । निर्धारित ९० मिनेटको समयसम्म खेल बराबरी भएपछि खेलको निर्णय अतिरिक्त समयबाट भएको थियो ।

अतिरिक्त समयमा पाएको पेनाल्टीमार्फत रोनाल्डोले गोल गर्दै रियललाई फेरि अग्रता दिलाए। रोनाल्डोले नै पुनः १०४ औं मिनेटमा गोल गर्दै रियललाई उपाधि दिलाएका हुन् ।

Real Madrid Ronaldo

विशेष