साम्प्रदायिक दङ्गामा ६ नाइजेरियालीको मृत्युः प्रहरी
पुस–४ । मध्य नाइजेरियामा किसान र चौपाया धनीहरुबीच भएको साम्प्रदायिक दङ्गामा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
दुई समूहबीच शनिबार सुरु भएको दङ्गा एक जना चौपाया धनीलाई अज्ञात समूहले मोटरसाइकलबाट झारी अपहरण गरी लगेको केही समयपछि पूर्वी तरावा राज्यमा मृत फालिएको अवस्थामा भेटेपछि सुरु भएको थियो ।
प्रहरी कमिसनर युनावा याकुबु वावसका अनुसार मृतक चौपाया धनीलाई उनका आफन्तले मृत भेटेपछि उनको ज्यान लिएको भन्दै स्थानीय किसानमाथि आक्रमण गरेका र चौपाया धनीहरूले पनि प्रतिकारमा उत्रिएपछि झडप सुरु भएको थियो ।
झडपका कारण सयौँ गाउँले बस्तीबाट विस्थापित भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नाइजेरियामा समयसमयमा चौपाया धनी र किसानबीच हुने झडपलाई सामान्य लिने गरिन्छ । रासस÷एएफपी
नाइजेरिया