ताजा खबर राजनीति News

विधान कुल्चँदै देउवा, आफ्नैबाट अफ्ठेरोमा

विधान कुल्चँदै देउवा, आफ्नैबाट अफ्ठेरोमा

पुस ५ ।  गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छ।

१३ औँ महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी समूहमा बाँडिएको छ।

पार्टीभित्र रहेका अन्य समूहलाई मात्र होइन, निकटकालाई पनि मिलाउन नसक्दा देउावले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन्। उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित विभाग र अन्य निकाय गठन प्रक्रिया समेत शुरु भएको छैन।

केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीमा भागबण्डा संस्कृति विकास हुँदा गुटबन्दी मौलाएको बताए।

उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा झण्डै एक दर्जन नेता आकांक्षी देखिएपछि देउवा अप्ठेरोमा परेका छन् । निकटको व्यवस्थापन सहज नभएपछि पदाधिकारी मनोनयनमा विलम्भ भएको स्रोतको दाबी छ।

नागरिक

sherbahadur deuba

विशेष