विदेश

टर्कीस्थित रुसी राजदूतको गोली हानी हत्या

टर्कीस्थित रुसी राजदूतको गोली हानी हत्या
पुस ५ । टर्कीमा रुसी राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि कार्यरत रुसी राजदूत एन्ड्रे कार्लोफको अंकारास्थित आर्ट ग्यालरीको प्रदर्शनका भाषण दिने क्रममा २२ बर्षिय एक दंगा प्रहरीले गोली हानी हत्या गरेको बताइएको छ । गोली हान्नुअघि ती प्रहरीले सिरिया सरकारलाई रुसले गरिरहेको समर्थनको विरोधमा नारा लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटना लगत्तै प्रहरी कारबाहीमा गोली हान्ने दंगा प्रहरी पनि मारिएका छन् । सिरियामा जारी गृहयुद्धमा रुसले सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै रुस बिरुद्ध टर्कीमा ब्यापक प्रदर्शन भइरहेकै बेला यो घटना भएको हो । यसैबीच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई घटनाको जानकारी गराउँदै घटनाप्रति खेद ब्यक्त गरेका छन् भने पुटिनले दुई देशबीचको सम्बन्धमा टकरावका लागि घटना गराइएको प्रतिक्रिया दिएका छन् ।  

Dutabas Turky Ambasdor

विशेष