ताजा खबर राजनीति News

प्रचण्ड – ओली भनाभन

प्रचण्ड – ओली भनाभन

पुस ५ ।  संसदको गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले दलहरूबीच सहमतिका लागि पहल थालेकी छिन् । उनले सोमबार आफ्नै कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर तीन दिनभित्र सहमति खोज्न आग्रह गरेकी छिन् ।

सभामुख घर्तीले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग संविधान संशोधनलगायतका विषयमा सके सहमति, नभए पनि प्रक्रियामा सहमति खोजेर जारी अवरोध खुलाउन आग्रह गरेकी हुन् ।

छलफलमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरु अडानमै रहेपछि सभामुखले सहमतिका लागि तीन दिनको समय दिएको माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले जानकारी दिए।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने – ‘संविधान संशोधन फिर्ता नलिएसम्म हामी संसद चल्न दिन्नौं, संविधान संशोधन विधेयक फिर्ता हुनैपर्छ भन्ने हाम्रो अडान हो ।’

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘निरन्तर संसदको अवरोध रहन सक्दैन । अब आजकै बैठकमा संशोधन विधेयक कार्यसूचीमा राखेर अगाडि बढ्न हामी सभामुखलाई आग्रह गर्छौं ।’

ओलीले फेरि भने, ‘आज कार्यसूचीमा नराख्नुहोस् ।’

प्रधानमन्त्री दाहालले भने, ‘कार्यसूचीमा राखेरै जाने हो अब । के गर्नु हुन्छ रु’

जवाफमा ओलीले भने, ‘अहिले संसदमा हामीले विरोधमात्र गरेका छौं, जबर्जस्ती गर्न खोज्नुभयो भने हामी पनि अहिलेको विरोधबाट एक स्टेप अगाडि जान्छौं । सभामुखजीले आफ्नो स्वविवेक प्रयोग गर्नुस् यसमा ।’ नयाँ पत्रिका

Prachanda Oli

विशेष