जर्मनीमा लरीले किचेर १२ जनाको मृत्यु

पुस ५ । जर्मनीको बर्लिन शहरस्थित एक व्यस्त बजारमा जथाभावी लरी चलाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ ।
क्रिसमस बजारमा चालकले जानीजानी लरी चलाएको प्रहरीले जनाएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् । लरीले मानिस किच्न थालेपछि बजारमा आएकाहरुको भाडदौड मच्चिएको थियो । लरीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् भने चालक फरार छन् ।
घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
Germany
Germany Accident
