राजनीति News

ठूलै नेताको सचिवालय भन्छ : दुर्गा तिवारीको हत्या एमालेबाटै !

ठूलै नेताको सचिवालय भन्छ : दुर्गा तिवारीको हत्या एमालेबाटै !

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार हत्या भएसँगै रुपन्देही आसपासका क्षेत्र पुनः बन्द भएका छन् । पाँच नम्बर प्रदेशका पहाडी जिल्ला अलग गरिएको विरोधमा कैयौँ दिन बन्द रहेको सो क्षेत्र आइतबारमात्र खुलेको थियो । पाँच नम्बर प्रदेश अलगथलग गरिएको विरोधमा आन्दोलनमा होमिएका तिवारीको हत्यापछि एमालेले पुनः बन्द थालेको हो ।

तिवारीको हत्यालाई लिएर विभिन्न आंशका व्याप्त छ । एमालेले हत्यालाई राजनीतिक षडयन्त्र भनेको छ । उता सत्ता पक्ष र मधेशी मोर्चा आबद्ध जिम्मेवार नेताहरुको सचिवालयमा रहेका व्यक्तिहरुले तिवारीको हत्या एमालेभित्रै बाट भएको जिकिर गरेका छन् ।

 

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले नश्लवादी आन्दोलनमा घ्यु थप्नका लागि र संघीयताको एजेण्डालाई कमजोर बनाउन एमालेले आफ्ना कार्यकर्ताको हत्या गरेको गम्भीर आरोप लगाएका छन् । उनले तिवारीको हत्या भएको केही समयपछि सामाजिक संजालमा आक्रामक स्टाटस लेखेका हुन् । एमाले उपाध्यक्ष बामदेब गौतमले रगतको खोलो बग्छ भनेको भोलिपल्ट तिवारीको हत्या भएको भन्दै उनले एमाले जुनसुकै स्तरमा झर्न सक्ने टिप्पणी गरेका हुन् ।

शिक्षा मन्त्री डिआर पौडेलको सचिवालयमा रहेका माओवादी युवा नेता जागृत रायमाझीले कवितामार्फत तिवारीको हत्या एमालेभित्रैबाट भएको संकेत गरेका छन् । उनले अपराधीकरणलाई राजनीतिकरण गर्न खोजिएको भन्दै एमालेको आलोचना गरेका छन् ।

तिवारीको हत्या कस्ले गरेको हो भन्ने अनुसन्धान भइरहेको छ । तर, जिम्मेवार नेताहरुको सचिवालयमा रहेकाहरुबाट एमालेलाई नै हत्याको आरोपी बनाउनुलाई अर्थपूर्ण मानिएको छ ।

Durga Timalsina

विशेष